महाकाली करिडोर अन्र्तगत रहेको दार्चुला टिंकर सडकखण्ड भन्दा छोटो दुरीको तिमुरबाटा, कालागाड हुदै बडुगाउ,धौलाकोट, माल जोड्ने सडकखण्डको जिरो प्वाइन्टबाट सडकको ट्रयाक खोल्ने सहमती भएको छ । व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामी र दुहुँ गाउँपालिका वडानम्बर ३ का वडाअध्यक्ष एवंम् पालिका प्रवक्ता देवबहादुर बम लगायतको उपस्थितिमा भएको छलफलबाट उक्त सडक खण्डको ठाडाईजर उतिसानी भन्ने स्थानलाई जिरो प्वाइन्ट मानेर सडक निर्माणको कार्य सुचारु गर्ने सहमती भएको हो ।
यसअघि विभिन्न मितिमा भएको छलफल र वैठकबाट सडक निर्माण गर्ने सहमती भएता पनि सडक निर्माण कार्य सुचारु नहुँदा पुनः सबै सरोकारवालाहरु बसेर दुुुुुहुँ गाउँपालिका वडानम्बर ३ को ठाडाइजर उतिसानी विन्दुबाट सडक निर्माण गर्ने सहमती भएको व्याँस गाउँपालिका प्रवक्ता एवंम् वडानम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामीले जानकारी दिनुभयो ।
सरोकारवालाहरुको भेलाले भौगोलिक अवस्थाको अध्ययन अवलोकन गर्दै जनताको चाहना, आवश्यकता र डिपिआर अनुसार सडक निर्माण कार्य गर्ने सहमती भएको प्रवक्ता धामीले बताउनुभयो । मौसममा सुधार आए लगत्तै सडक निर्माणको कार्य सुचारु गर्ने गरि सहमती भएको प्रवक्ता धामीले बताउनुभयो ।
छलफलमा व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामी, प्रवक्ता उपेन्द्रसिह धामी, दुहुँ गाउँपालिका वडानम्बर ३ का वडाअध्यक्ष एवंम् प्रवक्ता देबबहादुर बम, पुर्व वडाअध्यक्ष लालबहादुर बम, नेपाली कांग्रेस दुहुँ गाउँपालिका वडानम्बर ३ का वडाकार्यसमिति सभापति जनकराज जोशी व्याँस गाउँपालिका प्राविधिक प्रेमसिह कोट्टारीर, सडक निर्माणको जिम्मेवारी पाएको चम्पेस्वर निर्माण सेवाका ईन्जिनियर हिरामणी तिमिल्सिना,काङ्ग्रेस दार्चुलाका जिल्ला कार्यसमिति सदस्य नरबहादुर बम लगायत उतिसानी, सल्ली र खेतीका जग्गाधनी एवंम् स्थानियहरुको सहभागिता रहेको थियो ।
ब्याँस गाउँपालिकालाई आर्थिक बर्ष २०७९÷८० मा संघिय समपुरक अनुदानबाट प्राप्त ८ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत ७ करोड ५६ लाखमा चम्पेश्वर निर्माण सेवाले सडक निर्माणको जिम्मेवारी पाएको छ । तिमुरबाटा, कालागाड हुदै बडुगाउ,ँ धौलोकोट, माल जोड्ने सडक निर्माण हुन सके महाकाली करिडोर अन्र्तगत रहेको दार्चुला टिंकर सडक खण्डभन्दा छोटो मार्ग हुनेछ ।