हाम्रो बारेमा

प्रिन्ट संस्करणको आफ्नै विशेषता हुँदाहुँदै पनि बढ्दो प्रविधिको प्रयोगले अनलाइन पत्रकारिताको महत्व बढाउँदै लगेको छ । तिव्र सूचनाको विकाससँगै जोडिएको अनलाइन पत्रिकारिताले वर्तमान परवेश जोड्न सफल हुँदै गएको छ । हरेकको हातमा हुने एन्ड्रोइड मोबाइलका कारण विश्वव्यापी सूचना लिन, दिनेक्रम बढेको छ । यस्तो अवस्थामा अहिलेको यो बढ्दो प्रविधिको प्रयोग गरेर अघि बढ्नको विकल्पै छैन् । छापा, रेडियो, टेलिभिजन हुँदै अहिले सबैको मनमस्तिस्कमा बस्न सफल भएको न्यू मिडिया सँग पाइला मिलाउनुको विकल्प रहेन् ।
ग्रामीण भेगसम्म इन्टरनेटको सहज पहुँच पुग्नुले पनि अब विश्व जोड्न अनलाइन पत्रकारिताको माध्यमसँगै घुलिनु जरुरी देखियो । हरेकले एन्ड्रोइडमा आउने सानो सूचनालाई तथ्यसँगै सत्य जोड्ने हो विश्वव्यापी समाचार बन्न सक्छ । दुर्गम बस्ती, अब दुर्गम रहेनन् । भनेजस्तै मोफसल पत्रकारितालाई निखार ल्याउँदै प्रविधिकको विकासले विश्व सामू परिस्कृत गर्दै लैजाने ढोका अनलाइन पत्रकारिताले सुरु गरेको छ ।
गाउँ गाउँमा सिंहदरबार आएर जीवनशैलीमा परिवर्तनमात्रै आएको छैन्, सँगसँगै विकृती पनि स्थानीय तहमा देखिएका छन् । कमजोर पक्षलाई उजागरमात्र हैन्, सबल पक्ष पनि उजागरको लागि प्लेटफर्म आवश्यक थियो । र त्यहीँ आवश्यकत्ता बोध गरेर तथ्य नबङ्गाउने, सत्य नछोड्ने बचनबद्वतासहित एक पाइलो अघि बढेको छ ।