नेपाली श्रद्धालु लिन भारतीय रेल नेपाल आउने

भारतको उत्तरप्रदेशस्थित अयोध्यामा २२ जनवरीका दिन हुन लागेको भगवान् श्रीरामको प्राण प्रतिष्ठा समारोहमा नेपालबाट सहभागी हुन चाहाने श्रद्धालुहरुका लागि भारतीय रेल जनकपुर आउने भएको छ।

भारतीय रेल्वे कम्पनीले श्रीरामको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन चाहने इच्छुक नेपाली श्रद्धालुहरुका लागि २० डब्बाको रेल जनकपुर पठाउन लागेको नेपाल रेल्वे प्रमुख प्रशासन सहायक रन्जित ठाकुरले जानकारी दिए।

उनका अनुसार सो रेल आज बेलुका जनकपुरधाम आइपुग्ने छ। अयोध्याका लागि रेलको भाडा दर निर्धारण गरी टिकट बुकिङ समेत सुरु भइसकेको प्रशासन सहायक ठाकुरले जानकारी दिए।

उनले भने ‘एसी टू कोचका लागि तीन हजार, एसी थ्री कोचका दुई हजार, स्लिपर सिटका लागि एक हजार र जेनेरल सिटका पाँच सय नेपाली रुपैयाँ भाडा तोकिएको छ। त्यसमा आवतजावत दुवै जोडिएको छ।’

२२ जनवरीकै दिन साँझ सोही रेल जनकपुर फर्किने कार्यतालिका रहेको उनले बताए। परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावास मार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाउन लागेको उनले जानकारी दिए। नागरिक न्युज

सम्बन्धित समाचार

ताजा समाचार