मालिकार्जुन गाउँपालिका वडा नम्बर – ६ बालविबाह मुक्त वडा घोषणा

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ६ उकु बालविबाह मुक्त वडा घोषणा भएको छ । मंगलबार एक समारोहका बीच गाउँपालिका कै पहिलो वडाका रुपमा वडा नं ६ लाई बालविबाह मुक्त वडा घोषणा गरिएको हो । “मालिकार्जुन गाउँँपालिकाको शानः बाल विवाह मुक्त गाउँपालिका हाम्रो अभियान“ भन्ने मुल नाराका साथ पहिलो वडाको रुपमा उकुलाई बालविबिाह मुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष गोकर्ण सिह धामीको अध्यक्षता एवम मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिह धामीको प्रमुख आतिथ्यतामा वडालाई बालविबाह मुक्त वडा घोषणा गरिएको गुड नेवर्स इन्टरनेशनल जीएनआईका कार्यक्रम संयोजक खडक बोहराले जानकारी दिनु भएको छ ।

वडा कार्यालयको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल दार्चुलाको आर्थिक तथा प्राविधिक सहयोग, सामुदायिक ग्रामीण विकास समाज दार्चुलाको सहजीकरणमा मंगलबार आज वडालाई बालविबाह मुक्त वडा घोषणा गरिएको सीआरडीएस नेपालका शिक्षा तथा संरक्षण अधिकृत उदय बोहराले जानकारी दिनु भएको छ ।
अन्य वडाहरु भन्दा यो वडामा बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धता जनाएर यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गुड नेबर्स इन्टरनेशनल नेपालले बालविबाह अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम काम गदैँ आएको छ । विद्यालयमा बाल क्लब सक्रिय गराएर बालबिबाह नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि लक्ष्य अनुसार प्रगति हुन सकेको छैन ।

बुधबार भोली गाउँपालिकाको वडा २ भगवतीलाई पनि बालविबाह मुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । मालिकार्जुन गाउँपालिकालाई २०८२ साल भित्र बालविबाह मुक्त पालिका बनाइने छ । स्थानीय रणनिति २०७६ लागु भएपछि मालिकार्जुनमा गुड नेबर्स इन्टरनेशनल नेपालले काम गदैँ आएको छ । अहिले पालिकामा बालविबाह गर्नेको संख्या ६ प्रतिशतमा झरेको छ । पहिले पालिकाभरी २५दशमलब ९६ प्रतिशत हुने बालबिबाह अहिले आएर ६ प्रतिशतमा झरेको गुड नेबर्स इन्टरनेशनल नेपाल दार्चुलाका कार्यक्रम संयोजक बोहराले जानकारी जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

ताजा समाचार