दार्चुलामा पछिल्ला केही वर्षयता वर्षेनी खाद्यान्न अपुग हुने गरेको छ । विगतका वर्षहरु देखि जिल्लामा वर्षेनी खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ ।जिल्लामा उत्पादन हुने खाद्यान्न कम हुँदै गएपछि आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता रहेको कृषि ज्ञान केन्द्र दार्चुलाका निमित्त प्रमुख चन्द्र सिह ठगुन्नाले जानकारी दिए ।
जिल्लामा वार्षिक २७ हजार १४६ मेट्रिक टन खाद्यान्न आवश्यक परे पनि हाल २४हजार ९६७ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको निमित्त प्रमुख ठगुन्नाले बताए । जिल्लामा ज्ञान केन्द्रको तथ्याङ हेर्दा वार्षिक २ हजार १७९ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको देखिएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा धान ४४ सय ८० हेक्टर क्षेत्रफलमा लगाए पनि उत्पादन १२ हजार ५४४ मेट्रिक टन उत्पादन भएको छ ।
यस्तै मकै ५५सय ३८ हेक्टर क्षेत्रमा लगाइएको भए पनि उत्पादन १० हजार ७९ मेट्रिक टन उत्पादन भएको छ । यस्तै गहुँ ५ हजार ९६५ हेक्टर क्षेत्रफलमा लगाउदा उत्पादन १४ हजार १०३ मेट्रिक टन भएको छ । यस्तै कोदो ११सय ८५ हेक्टर क्षेत्रफलमा लगाउदा उत्पादन बराबर बराबर भएको छ ।
जौँ १२ हजार ७ हेक्टर क्षेत्रफलमा लगाउदा उत्पादन १० हजार ८६ मेट्रिक टन भएको छ । चालु आर्थिक वर्षमा धान ४४ सय ८० हेक्टर क्षेत्रफलमा लगाउदाँ उत्पादन १२ हजार ५५८ मेट्रिक टन मकै ५५ सय ३८ हेक्टर क्षेत्रफलमा लगाउदाँ उत्पादन १० हजार ८० मेट्रिक टन भएको छ । गहुँ लगायत अन्य खाद्यान्नबालीको उत्पादन हुन बाकी रहकोले तथ्याङ आउन समय लाग्ने ज्ञानेकेन्द्रले जनाएको छ । जिल्लामा पछिल्लो समयमा जंगली जनावर, खडेरी लगायतबाढी पहिरोका कारणले पनि खाद्यान्नको उत्पादनमा कमी आएको छ ।
कृषि ज्ञानकेन्द्रले उत्पादन भएको अन्न तीन महिना पनि नपुग्ने ठाउँलाई खाद्य असुरक्षित क्षेत्रको रूपमा राखेको छ ।जिल्लाको अपि हिमाल व्यासँ गाउँपालिका लगायतका क्षेत्रमा अन्न तीन महिना पनि नपुग्ने गरेको कार्यालयले जनाएको छ । यसले गर्दा वर्षेनी खाद्यान्न अपुग हुने गरेको ज्ञानकेन्द्रले जनाएको छ । जिल्लामा अझै अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको छ ।