दार्चुला । दार्चुलाको हुती आसपास तथा नेपाल–भारत सीमा क्षेत्रमा आज साँझ भूकम्प गएको छ।
मङ्गलबार ६ बजेर ३१ मिनेट जाँदा ४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माले जानकारी दिए ।
भूकम्पको केन्द्रबिन्दु हुती आसपास तथा भारतको सीमा क्षेत्र नजिक रहेको जनाइएको छ।
भूकम्पबाट भएको क्षति तथा अन्य विवरण भने प्राप्त हुन बाँकी छ।










