इजरायलले शुरु गर्‍यो , बंकर , सुरुङमा लुकेका आतंककारीलाई मार्ने काम

काठमाडौ । इजरायली सेनाले गाजामा हमासविरुद्ध हवाई हमलालाई तीव्र पारेको छ । निशाना बनाइएका ठाउँहरूमध्ये प्रमुख अस्पताल नजिकको ठाउँमा पनि आक्रमणमा गरेको छ। हजारौं मानिसहरू खाना र अन्य आधारभूत चीजहरूको लागि संघर्ष गरिरहेका छन्। प्यालेस्टिनी शरणार्थीहरूको लागि काम गर्ने संयुक्त राष्ट्र एजेन्सीले स्थानीय मिडियाका अनुसार गाजाका हजारौं मानिसहरूले खाना र अन्य आधारभूत वस्तुहरूको लागि रातारात सहायता केन्द्रमा सामाग्री पुर्‍याउएका छ्न ।

शुक्रबार राति इजरायली हमलाका कारण गाजाको अधिकांश सञ्चार प्रणाली ठप्प भएको थियो । आइतबार ९२९ अक्टोबर० धेरै मानिसहरूको लागि इन्टरनेट र फोन जडान पुनर्स्थापित गरियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धलाई इजरायलको अस्तित्वको लडाइको रूपमा व्याख्या गरेका छन्। सुरक्षा सेवामा औंला उठाएकोमा आलोचना भएपछि नेतान्याहुले माफी पनि मागेका छन् ।

हालसम्म यो युद्धमा दुबै पक्षसहित ज्यान गुमाउनेको संख्या साढे नौ हजार पुगेको छ । दक्षिणी इजरायलमा हमासको आकस्मिक र घातक आक्रमणबाट अक्टोबर ७ मा सुरु भएको युद्ध आइतबार २३ औं दिनमा प्रवेश गरेको छ ।

समाचार एजेन्सी एपीका अनुसार प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले इजरायली हमलाले गाजाको अल(कुड्स अस्पतालका केही भागमा क्षति पुगेको दाबी गरेको छ। यसैबीच, समाचार एजेन्सी रोयटर्सका अनुसार अल(कुड्स अस्पतालका निर्देशक बसम मुरादले अस्पतालको भवन खाली गर्न धेरै चेतावनी प्राप्त भएको बताए। अस्पतालका अधिकारीहरूले भनेका छन् कि यो खाली गर्न असम्भव थियो किनकि त्यहाँ बालबालिका सहित सयौं बिरामीहरूको उपचार भइरहेको थियो र त्यहाँ आश्रय लिने लगभग ज्ञद्ध,ण्ण्ण् मानिसहरू युद्धबाट विस्थापित धेरै प्यालेस्टिनीहरू थिए। विश्व स्वास्थ्य संगठनका महानिर्देशकले मानिसको ज्यान जोइजरायलले शुरु गर्‍यो , बंकर , सुरुङमा लुकेका आतंककारीलाई मार्ने काम

सम्बन्धित समाचार

ताजा समाचार