एजेन्सी । हमास र इजरायल बीच जारी युद्धको बीचमा लेबलानमा हमास, हिजबुल्लाह र इस्लामिक जिहादका शीर्ष नेताहरु बीच भेटघाट भएको तस्वीरहरु यतिखेर भइरल बनेका छन् ।
लेबनानको हिजबुल्लाहका प्रमुख सवेद हसन नसरल्लाहले इजरायल–हमास युद्धको बीचमा हमास र इस्लामिक जिहादका शीर्ष नेताहरूसँग भेट गरेका हुन् ।
बैठकमा हमासका उपप्रमुख सालेह अल–अरौरी र इस्लामिक जिहादका प्रमुख जियाद अल–नखाला उपस्थित थिए र तीन नेताको तस्बिर जारी गरिएको थियो । इजरायल विरोधी तीन समूह बीच समन्वय जारी राख्ने सहमति भएको बताइएको छ ।