जिल्ला अस्पताल व्यवस्थापन समितिले अनाथ बेसहारा, जनआन्दोलन, जनयुद्ध, लगायत सरकारबाट घोषित सहिद तथा विद्यार्थीहरुका लागि निशुल्क सुविधा उपलब्ध गराउने भएको छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिपकराज जोशीको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बेठकले अनाथ वेसाहारा बालबालिकालाई परिचयपत्रको आधारमा जिल्ला अस्पताल दार्चुलाबाट उपलब्ध हुने सेवा सुबिधा निःशुल्क गर्ने निर्णय गरेको छ । यस्तै आकस्मिक कक्षमा भर्ना भएका विद्यालयका विद्यार्थीलाई परिचयपत्रको आधारमा टिकट र ल्याव परिक्षण सेवा निशुल्क गर्ने निर्णय भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष जोशीले बताए ।
यसैगरी जनआन्दोलन, जनयुद्ध लगायत नेपाल सरकारबाटसहिद घोषणा गरिएका एकाघर परिवार र घाईतलाई जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको परिचय पत्रको आधारमा जिल्ला अस्पतालबाट प्रदान हुने फार्मेसीबाहेकका ओपिडि टिकट, स्वास्थ्य परिक्षण लगायतका सेवाहरु निःशुल्क गर्ने निर्णण गरिएको छ ।
विगतमा निरोगीताको प्रमाणपत्रको शुल्क चार सय रुपैयाँ लिईदै आएकोमा भोलिदेखि लागु हुने गरी स्वास्थ्य परिक्षण बाहेकमा एक सय रुपैयाँ मात्रै कायम गर्ने निर्णय गरिएको उनले बताए ।
अस्पताल व्यवस्थापन समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्न सम्बन्धित फाँटहरुलाई जानकारी गराइसकेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुनिता पुजाराले जानकारी दिइन् ।
