दार्चुला । लामो प्रतीक्षापछि अपिहिमाल गाउँपालिकाको गाउँपालिका कार्यालय तथा सदरमुकाम रहेको केन्द्रसम्म सडक पुगेको छ। गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ।


गाउँपालिकाको केन्द्रसम्म सडक पुर्याउने कार्य समग्र अपिहिमालवासीका लागि महत्वपूर्ण उपलब्धि तथा खुसीको विषय भएको गाउँपालिकाले जनाएको छ।

सडक पहुँच विस्तारसँगै स्थानीयको आवागमन सहज हुनुका साथै विकास निर्माण, सेवा प्रवाह र दैनिक जनजीवनमा समेत सकारात्मक प्रभाव पर्ने गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बाेहराले बताए ।

पालिका केन्द्र खण्डेश्वरीसम्म सडक पुर्याउन गाउँपालिकाको निरन्तर प्रयास, निर्माण कम्पनीको मेहनत तथा समग्र गाउँपालिकावासीको अमूल्य सहयोग र साथ रहेको गाउँपालिकाले जनाएको छ।
सडक निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएसँगै अपिहिमाल गाउँपालिका परिवारले निर्माण कार्यमा योगदान पुर्याउने ठेकेदार कम्पनी, स्थानीय जनसमुदाय, सरोकारवाला निकाय तथा सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ।
पहिलो चरणमा पालिका केन्द्रसमम अस्थायी ट्रयाक खुलाएकाे छ र याे सँगै अब स्थानीयलाई आवतजावतमा सहज हुनेछ ।
पालिकामा सडक पुगेपछि निर्माण व्यवसायी धर्मसिह धामी तथा गाउँपालिका अध्यक्ष ठेकरे बाेहरा तथा जीप चालकलाई फुलमाला र अविर लगाएर स्वागत गरिएको छ ।











