कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन

मालिकार्जुन गाउँपालिकामा “कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम” सुरू भएको छ ।

मालिकार्जुन गाउँपालिकाको आर्थिक र ट्रेश नेपाल धनगढीकाे प्राविधिक सहयोगमा ५० दिने डकर्मी तथा पोलम्बिङ तालिम सुरू भएको हाे ।

गाउँपालिकाको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको तालिममा १६ जनालाई डकर्मी र २४ जनालाई पोलम्बिङ तालिम दिन लागिएको गाउँपालिकाका रोजगार सहायक रामसिंह धामीले जानकारी दिए ।
वडा नम्बर २ मा सञ्चालन भएको तालिमको वडा अध्यक्ष गणेशसिंह धामीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष हिरासिंह धामीको प्रमुख आतिथ्यतामा भएको हाे ।

त्यस्तै वडा नम्बर १ मा वडा अध्यक्ष रमेश सिंह बोहराको अध्यक्षता एव गाउँपालिका अध्यक्ष हिरासिंह धामीको प्रमुख आतिथ्यतामा ५० दिने पोलम्बिङ तालिमको उद्घाटन गरिएको छ। पोलम्बिङ तालिममा २४ जनाको सहभागिता रहेको छ ।

दुवै वडामा जम्मा ४० जनाको सहभागिता रहेको “कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम” ५० दिनसम्म सञ्चालन हुने छ।

सीपमुलक तालिम प्रदान गरि गाउँपालिकामा दक्ष जनशक्ति उत्पादन गर्ने र गाउँपालिकामा भएको बेरोजगारी समस्यालाई केही हदसम्म कम गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार