झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएका झापा अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षको हुँदा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो । मलेसिया गएको चार वर्षसम्म परिवारको सम्पर्कमा रहेका बिनोद त्यसपछि सम्पर्कविहीन भएका उहाँकी ६६ वर्षीया आमा सुकमायाले बताउनु भयो ।
ु२२ वर्षको हुँदा मलेसिया गएको थियो । अहिले ४२ वर्षको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैनु सुकमायाले भन्नुभयो ।
विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बस्नुभएको छ भने कान्छा भाइ टेकबहादुर विदेश जाने तयारीमा हुनुहुन्छ । दुईजना बहिनी रुमा र लीलाको विवाह भइसकेको छ । विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै हुनुहुन्छ ।
ु१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैनु, उहाँले भन्नुभयो । सुकमायाले ९० हजार रुपैयाँ ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा डोले मार्फत काठमाण्डौको मेनपावरबाट मलेसिया पठाएको बताउनुभयो । उहाँले मलेसिया गएपछि विनोदले ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप २० हजार पठाएको बताउनुभयो ।
आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।