झुलाघाटबाट एमालेको अभियान सुरू

बैतडी । नेकपा एमालेको झूलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरूभएको छ । अध्यक्ष केपी शर्मा ओलीले अभियानको सुरुवात गर्नुभयो । एमाले०लले आज समृद्धिका लागि संकल्प यात्रा बैतडीको झुलाघाटबाट शुभारम्भ गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सूर्य–चन्द्र अंकित राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर संकल्पयात्राको शुभारम्भ गर्नुभएको हो । महाकाली नदीको डिलमा चन्द्र–सूर्य झण्डा फहराएर अध्यक्ष ओलीले झण्डोत्तोलन गर्दा त्यहाँको माहोल निकै रोमाञ्चक बनेको थियो ।

ओलीले झण्डोत्तोलन गर्दा बाजागाजासहित स्वागतका धून बजेका थिए । कार्यक्रम शुभारम्भपछि ओलीले सम्वोधन गर्दै नयाँ संकल्पसहित यात्राको थालनी गरेको जानकारी दिनुभयो । उहाँले झुलाघाटबाट झन्डोत्तोलन सुरु गरेको भन्दै चिवाभञ्ज्याङमा पनि झन्डोत्तोलन गरी समापन गर्ने बताउनुभयो ।राष्ट्रिय शक्ति निर्माण गर्ने जागरण अभियान भएको पनि बताउनुभयो ।

कार्यक्रम शुभारम्भ अघि एमाले महासचिव शंकर पोखरेलले पहाड छाडेर तराई झर्नेहरुको अवस्थाबारे यो यात्रामा बुझ्ने प्रयास गर्ने बताउनुभयो । उहााले देश जोड्ने यात्राको शुभारम्भ झुलाघाटबाट सुरु गरेको पनि जानकारी दिनुभयो ।

उहाँले पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम गर्ने जानकारी समेत दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा वादल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठसहितको टोली लिएर हिजै बैतडीको पाटन पुग्नु भएको थियो ।

आज बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल राजमार्गको उद्घाटन गरेपछि अयिभानको शुभारम्भ भएको छ । शुभारम्भस्थललाई अन्माउन लागेकी बेहुली जस्तै सिँगारिएको थियो । एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दैछ

सम्बन्धित समाचार

ताजा समाचार