धनगढी –सुदूरपश्चिमका ५ सहित सम्र्पक विहीन भएका २६ प्रहरीलाई सात दिन भित्र सम्पर्कमा आउन भनिएको छ । लामो समयदेखि सम्पर्कमा नआएका प्रहरीको विभिन्न पदमा कार्यरत २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना निकालेको हो ।
प्रहरीको प्रधान कार्यालयले आज निकालेको सूचनामा विभिन्न पदमा कार्यरत रही सम्पर्कविहीन भएका २६ जनालाई ७ दिनभित्र हाजिर हुन भनिएको छ ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालयले खोजी गरेको हो । पहिलो पटक सूचना जारी गर्दा हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनेबारेको सार्वजनिक सूचना निकालेको हो ।
बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर नभएमा सेवाबाट हटाउने सूचनामा उल्लेख गरिएको छ ।
