सन् २०७५ मा भारतीय अर्थतन्त्रले अमेरिकालाई उछिन्ने अमेरिकी बैंकको प्रक्षेपण, पाकिस्तान छैठौ ठूलो बन्ने

काठमाण्डौ । अमेरिकास्थित मल्टिनेशनल इन्भेष्टमेन्ट बैंक तथा फाइनान्स कम्पनी गोल्डम्यान स्याङ्सले सन् २०७५ मा अमेरिकी अर्थतन्त्रलाई भारतीय अर्थतन्त्रले उछिन्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।

वल्र्ड अफ स्टाटिस्टिकका अनुसार सन् २०७५ मा भारतीय अर्थतन्त्रको आकार विश्वकै दोश्रो ठूलो हुनेछ ।
सबैभन्दा ठूलो अर्थतन्त्र चाहि चीनको हुनेछ । सो बेलासम्म चीनको अर्थतन्त्रको आकार ५७ ट्रिलियन डलरको हुने प्रक्षेपण गरिएको छ ।

दोश्रोमा भारतको ५२।५ ट्रिलियन डलरको अर्थतन्त्र बन्नेछ भने अमेरिकी अर्थतन्त्र तेश्रोमा सीमित हुनेछ । सो बेलासम्म अमेरिकी अर्थतन्त्रको आकार ५१।५ ट्रिलियन डलरको हुनेछ ।

त्यो बेलासम्म चौथो र पाँचौ ठूलो अर्थतन्त्र क्रमशः इण्डोनेशिया र नाइजेरियाको बन्नेछ । इण्डोनेशियाको १३।७ र नाइजेरियाका १३।१ ट्रिलियन डलरको इकोनोमी बन्ने प्रक्षेपण गरिएको छ ।

सो बेलासम्म पाकिस्तानको अर्थतन्त्र विश्वकै छैठौ ठूलो हुनेछ । त्यसबेलासम्म पाकिस्तानी अर्थतन्त्रको आकार १२।३ ट्रिलियन डलरको बन्नेछ ।

सातौ नम्बरमा इजिप्टको अर्थतन्त्र हुनेछ । जसको आकार १०।४ ट्रिलियन डलर हुने प्रक्षेपण गरिएको छ ।

आठौं, नवौं र दशौंमा क्रमशः ब्रजिल ८।७ ट्रिलियन डलर, जर्मनी ८।१ र मेक्सिको ७।६ ट्रिलियन डलरको हुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार