कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनको लागी सहमति भइरहेको छ । ५ पदाधिकारीमा २३ जनाको उम्मेदवारी परेको थियो । तर अहिले धमाधम उम्मेदवारी फिर्ता भइरहेको छ ।
अहिलेसम्म अध्यक्षमा चार उम्मेदवार मध्ये १ जनाले फिर्ता लिएका छन् । उपाध्यक्ष ६ उम्मेदवार मध्ये ३ जनाले फिर्ता लिएका छन् । सचिवका ४ मध्ये १ जनाले फिर्ता लिएका छन् । उपसचिव महिलाबाट ३ जनाको उम्मेदवारी कायमै छ ।खुल्ला तर्फ ६ मध्ये १ जनाको उम्मेदवारी फिर्ता भएको छ ।
स्रोतका अनुसार अध्यक्षमा अछामका कृष्ण प्रसाद जैशी, उपाध्यक्षमा बाजुरा कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कैलालीका नेपालु चौधरी र कञ्चनपुरकी कलशा महरालाई सर्वसम्मत बनाउने तयारी छ ।
त्यस बाहेकका उम्मेदवारलाई मनाउने तयारी छ । अहिले प्रदेशका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । अध्यक्षमा कमल तिमिल्सिना र उपाध्यक्षमा बलदेव रेग्मी, हजारी सिंह साउद र रणबहादुर महराले फिर्ता लिए । सचिवमा जीवन बम र उपसचिवमा पल्लव राज भट्टले फिर्ता लिएका छन् ।