काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ चियाओहुईसँग भेटवार्ता गर्नुभएको छ ।
तिब्बतबाट सिछुवान प्रान्तको भ्रमणमा पुग्नु भएका प्रधानमन्त्री दाहालले छेन्तुमा सिछुवान प्रान्तीय जनकांग्रेस स्थायी समितिका अध्यक्ष समेत रहेका वाङसंग भेटवार्ता गर्नुभएको हो ।
भेटमा दाहालले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भू –परिवेष्ठित देश नभई भूसम्बन्ध जोड्ने देश भएको बताउनुभयो । सो क्रममा सिछुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले दाहाल चीनको असल साथी भएको भन्दै नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम छ । ईमेज