काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ ।चीनको औपचारिक भ्रमणमा रहेका उहाँ हिजो तिब्बतको ल्हासा आउनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि आज बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नुहुनेछ र तिब्बत एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।
कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उहाँका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि हुनुहुन्छ । आज मानसरोवर ताल र कैलाशको दर्शन गरेर त्यहीँ बस्नुहुनेछ । हिजो ल्हासामा प्रधानमन्त्री प्रचण्ड विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो ।
गएको शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका उहाँ भोलि ल्हासा फर्कने बेलुका सिचुआन प्रान्तको राजधानी छेन्दु पुग्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।