झुलाघाट पुल मर्मत गरिँदै, आज नाकामा आवागमन बन्द

बैतडी–नेपाल –भारत सीमा नाका झुलाघाटस्थित झोलुंगे पुल मर्मत सम्भार कार्य भइरहेको छ । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमा नाकामा आवागमन बन्द रहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि पुलमा आवागमन बन्द गरिएको हो । यसअघि पुल मर्मतका बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सहमति भएको थियो ।

सीमाक्षेत्रमा नेपाल –भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने बिषयमा समेत छलफल भएको थियो ।

झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार