पाकिस्तानी सेनाले गरेको क्रूरता पछि सिया मुस्लिम भारत जाने भन्दै गरे प्रदर्शन

पाकिस्तानमा शियाले भने कारगिल राजमार्ग खोल हामी भारत जान्छौंस् सेनालाई जनताले आतंकवादी भनेको थियोस सेना प्रमुख मुनीरले विद्रोह दबाउन उलेमालाई पठाएका छ्न ।

गिलगिट–बाल्टिस्तानमा पाकिस्तानविरुद्धको विरोध प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यतिबेला पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानमा हंगामा मच्चिएको छ । अल्पसंख्यक शियाहरूले कट्टरपन्थी सुन्नी संगठन र पाकिस्तानी सेनाको दमनविरुद्ध विद्रोह गरेका छन्। यस क्षेत्रका शिया संगठनले पहिलो पटक सेनाविरुद्ध आवाज उठाइरहेका छन् ।

भारतबाट करिब ९० किलोमिटर टाढा रहेको स्कार्दुमा सिया समुदायका मानिसहरु भारततर्फ जाने कारगिल राजमार्ग खोल्न माग गर्दै अडिग छन् । पाकिस्तानी सेनाद्वारा शासित गिलगिट–बाल्टिस्तानमा बस्न नचाहेर भारत जान चाहेको उनीहरुको भनाइ छ ।

गिलगिट–बाल्टिस्तानमा करिब २० लाख जनसंख्यामध्ये आठ लाख शियाको विद्रोही मनोवृत्तिलाई ध्यानमा राख्दै पाकिस्तानी सेनाका २० हजार अतिरिक्त सैनिक तैनाथ गरिएको छ ।

तस्वीर गिलगिट(बाल्टिस्तानको स्कार्दुको हो। यसमा प्रदर्शनका लागि जम्मा भएका मानिसहरु देख्न सकिन्छ ।पाकिस्तानको सेनाको विरुद्ध शियाहरूबीच नारा लगाइयो( यो आतंकवादको कारण ‘वर्दी’ हो। गिलगिट(बाल्टिस्तानका शियाहरूले आरोप लगाएका छन् कि पाकिस्तानी सेनाले ज्ञढद्धठ देखि शियाहरूलाई यहाँबाट धपाउँदै आएको छ। सेनाले यहाँ सुन्नी जनसंख्यालाई बसायो। पहिले शिया बहुल क्षेत्रमा शियाहरू अहिले अल्पसंख्यक छन्।

स्थिति यति बिग्रिएको छ कि सेना पनि शिया बहुल क्षेत्रमा जान हिचकिचाइरहेको छ । धारा १४४ लगाइए पनि स्कार्दु, हुन्जा, दियामिर र चिलासमा शिया संगठनको विरोध प्रदर्शन जारी छ । मोबाइल इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ।

सेना प्रमुख मुनीरले विद्रोहलाई दबाउन उलेमाहरूलाई पठाएस् सेना प्रमुख असिम मुनीरले सोमबार इस्लामाबादबाट चार मुस्लिम उलेमाहरूलाई गिलगिट(बाल्टिस्तान पठाए। अतिरिक्त बटालियनले पनि विद्रोह दमन गर्न नसकेपछि मुनीरले यो कदम चाल्नुपर्‍यो। स्कार्दुका एक शिया भन्छन्, ढिलो भइसकेको छ, हामी पछि हट्ने छैनौँ ।

सम्बन्धित समाचार

ताजा समाचार