महाकाली नदीमा बगेर बालक बेपत्ता, खोजीकार्य जारी

दार्चुलामा महाकाली नदीमा बगेर एकजना बालक बेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ का १५ वर्षीय सुदीपसिह धामी महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।
कलौनस्थित महाकाली नदीमा दिउँसो पौडी खेलिरहेका बेला उनी नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले बताए ।
करिव एक किलोमिटर तल पुलघाट क्षेत्रमा बग्दै गरेको देखिएपनि त्यसपछि भेटाउन सकिएको छैन् । बेपत्ता धामीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । उनी सदरमुकाम खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा कक्षा १० मा अध्ययनरत थिए ।

सम्बन्धित समाचार

ताजा समाचार