रसुवा बाढीपीडितका लागि माया मेट्रो अस्पतालद्वारा ३ लाख ११ हजार सहयोग

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित माया मेट्रो अस्पतालले ३ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अस्पतालले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। सरकारले पनि रसुवा बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त कोषमा सहयोग गर्न आह्वान गरेको छ।


माया मेट्रो अस्पतालले आफूलाई ‘सेवामा समर्पित, जीवन बचाउन प्रतिबद्ध’ संस्थाका रूपमा प्रस्तुत गर्दै आएको छ। अस्पताल परिवारले विपद्को समयमा पीडित तथा प्रभावित नागरिकको सहयोगका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नसमेत आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार