सुन्सेरामा ट्याक्टर दुर्घटना, एक जना घाइते

दार्चुला। दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ । सोमबार महाकाली करिडोर अन्तरगत व्याँस गाउँपालिका वडा नम्बर ४ सुनसेरामा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परि कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ९ ब्रहमदेव घर भएका २० वर्षीय चालक सचिन ठगुन्ना घाइते हुनुभएको छ । दिउँसो करिव साढे १ बजेतिर निर्माण सामाग्री बोकेको सु.प.प्र. ११६६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको थियो । घाइते चालकको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले बताए ।

दुर्घटना भएको खबर प्राप्त भए लगत्तै नेपाली सेनाको टोलीले घाइते चालकको उद्दार गरि प्राथमिक उपचार पछि थप उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल दार्चुला पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी भट्टले बताए।

सम्बन्धित समाचार

ताजा समाचार