मन्त्रिपरिषद् विस्तार तथा हेरफेर : नवनियुक्त स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री खानद्वारा शपथ ग्रहण

काठमाण्डौ – नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचौ पटक मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्नुभएको छ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानले शपथ ग्रहण गर्नुभएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट यादव स्वास्थ्यमन्त्री बन्नुभएको हो ।

जसपा नेपालका उपेन्द्र यादवले राजीनामा दिएलगत्तै हिजो प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदीप यादवलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । जसपाका सांसद यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हिजो बेलुका राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभयो ।

त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष स्वास्थ्य राज्यमन्त्री खानले पद तथा गोपनियताको शपथ लिनुभयो । जसपा नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले राईको नेतृत्वमा नवगठित जसपालाई सरकारमा समेट्नुभएको हो ।

यादवले जसपा नेपाल अवैधानिक रूपमा विभाजन गरिएको भन्दै हिजो निर्वाचन आयोगलाई विपक्षी बनाउँदै नयाँ दल जसपा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार