अनेमसंघ दार्चुला सम्मेलन वैशाख २० मा

अखिल नेपाल महिला संघ दार्चुलाको पाचौँ जिल्ला सम्मेलनमा जुटेको छ । अनेमसंघ दार्चुलाको पाचौँ जिल्ला सम्मेलन आयोजक कमिटी बैठकले वैशाख २० गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
अनेमसंघ दार्चुलाका संयोजक मावधी जोशीको अध्यक्षता तथा अनेमसंघ प्रदेश कमिटी सचिवालय सदस्य शान्ति धामीको विशेष उपस्थितिमा बसेको बैठकले सम्मेलन गर्ने निर्णय गरेको हो ।
जिल्ला सम्मेलनअघि अनेमसंघले दार्चुलाका ६१ वटै वडाबाट प्रतिनिधि छनोट गर्ने निर्णय भएको अनेमसंघ जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार समिति संयोजक बालकुमारी बोहराले जानकारी दिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार