नेपाली कांग्रेसले जनताका समस्या बुझन समुदायमा कांग्रेस अभियानको सुरु गरेको जनाएको छ । हिजो कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम दार्चुला पुगेका पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सांगठनिक सुदृढिकरणका साथै जनताका समस्या बुझन समुदायमा कांग्रेस अभियान संञ्चालन गरिएको बताएका हुन ।
प्रेस युनियन दार्चुला शाखाले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै सहमहामन्त्री आङदेम्बेले जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गरिएको बताएका हुन । पत्रकार सम्मेलनमा बोल्दै उहाँले दार्चुलाका स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्न आफु जिल्ला पुगेको बताएका छन ।
जनताबाट आएका सुझावलाई सम्बन्धित तहमा कार्यान्वयनका लागि पहलकदमी लिने उनको भनाइ छ ।समुदायमा कांग्रेस अभियान अन्तर्गत कांग्रेस कार्यकर्ताले हरेक टोल र वडामा वृक्षारोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित वडाले तय गरेका अन्य कुनै न कुनै सामाजिक अभियानमा लाग्ने उहाँले पत्रकार सम्मेलनमा बताएका छन । यसै अनुरुप अहिले जिल्लामा कार्यक्रम संञ्चालनमा रहेको उहाँले बताउनु भयो ।
कांग्रेसको यो अभियानले चुनावमा मात्र भोट माग्न आउने भनेर आरोप खेप्दै आएका नेतादेखि कार्यकर्तासम्मलाई टोल टोलमा पु¥याउने योजना रहेको छ । कांग्रेसका मतदाता र कार्यकर्ताले नेतासँग फेरि एक पटक आफ्ना समस्या र गुनासा सुनाउन पाउने छन् । समुदायमा कांग्रेस अभियानले महासमिति वैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शन गर्ने उद्देश्य रहेको समेत बताइएको छ ।
नेपाली कांग्रेस दार्चुलाले माघ १६ गते शहिद दिवसको अवसर पारेर अहिले जिल्लाभरीका नौ वटा स्थानीय तह ६१ वटै वडाहरुमा अभियान संञ्चालनमा रहेको जनाएको छ । अभियानको अन्तिम दिन माघ २६ गते सुशील कोइरालाको स्मृति दिवससँगै कार्यक्रम समापन कांग्रेस दार्चुलाले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम दार्चुला खटिएका पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बे शुक्रबार आज विहान मात्रै जिल्ला पुगेको कांग्रेस दार्चुलाले जनाएको छ ।