चिनियाँ लगानी रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जग्गा बिवाद

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको जग्गा व्यक्तिका नाममा सारिएको विषयमा रुपन्देही प्रशासनले छानबिन थालेको छ । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको ४ बिघा १७ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भन्दै उजुरी आएपछि प्रशासनले छानबिन थालेको हो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासन कार्यालयले आन्तरिकरुपमा छानबिन र अनुसन्धान गरिरहेको र आइतबार सम्बन्धित पक्षलाई छलफलका लागि बोलाएको बताए ।

‘मालपोत र विमानस्थल आयोजनालाई जग्गाको आधिकारिकता उपलब्ध गराउन निर्देशन दिएका छौं’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘जग्गासम्बन्धी सबै कागजात र प्रमाणसहित आइतबार सम्बन्धित पक्षलाई छलफलमा बोलाएका छौं ।’

५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालन समेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । स्थानीय सुर्जा मिश्राइनको हक भोगमा ३० बिघा १४ कठ्ठा १४ धुर जमिन रहेकोमा हदन्दीका कारण २०२२ पुस २० मा उनले हदबन्दीभन्दा धेरै जमिन स्थानीय काली मन्दिरका नाममा दिएकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार