कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न सामुदायिक वन क्षेत्रमा मंगलबार जंगली हात्ती देखिएका छन्।मंगलबार बिहान नगरपालिका–१ स्थित जनज्योति सामुदायिक वनमा जंगल हात्ती देखिएको समूहका सहसचिव नवराज अवस्थीले जानकारी दिए। उनले गणेशपुर र बंकका उपभोक्तालाई सचेत रहन आग्रह गरेका छन्।यस्तै शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले वैजनाथ सामुदायिक वन क्षेत्रमा जंगली हात्ती देखिएको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत बेल्डाँडी, सुन्दरफाँटा, भमरभोज, कालापानीसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।