दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय को उपकुलपति नियुक्तिका लागि परेको आवेदनमध्ये १८ जनाको आवेदन स्वीकृत भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय ले सार्वजनिक गरेको विवरणअनुसार स्वीकृत आवेदकहरूको नामावली सार्वजनिक गरिएको हो।

स्वीकृत आवेदकहरूमा पाल्पाका कृष्णप्रसाद पाठक, कैलालीका अग्नीराज कोइराला र राजेन्द्र जोशी, कञ्चनपुरका राजकुमार साउँद र खेमराज जोशी रहेका छन्। यसैगरी, काठमाडौंका चेतराज भट्ट, शेखर आर्याल र रामप्रसाद घिमिरेको आवेदन पनि स्वीकृत भएको मन्त्रालयले जनाएको छ।

यस्तै, बैतडीका किशनदत्त भट्ट र दिनेश शाह, भक्तपुरका जगतकृष्ण पोखरेल, डोटीका एकराज ओझा, डमरु चन्द्र भट्ट र पदमराज जोशी, रुपन्देहीका हेमु काफ्ले, धनुषाका रामसागर पण्डित, चितवनका विष्णु विलास अधिकारी तथा डडेल्धुराका महेश कुमार जोशीको आवेदन पनि स्वीकृत सूचीमा परेका छन्।
अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि रिक्त पद पूर्तिका लागि नयाँ उपकुलपति चयन प्रक्रिया अघि बढाइएको हो। विश्वविद्यालयको नेतृत्व चयनसँगै शैक्षिक प्रशासनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।






