महेन्द्रनगर। बेलौरी नगरपालिकास्थित उखुबारीमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएका नाबालिकालाई आफन्तको जिम्मा लगाइएको छ। शुक्रबार किहान उखुबारीमा भेटिएकी १४ महिने नाबालिकालाई प्रहरीले आफन्तको जिम्मा लगाएको हो।
उखुबारीमा हातख्ट्टा बाँधिएको अवस्थामा फेला परेकी बालिकालाई स्थानीयले उद्दार गरेका थिए। ती बालिकालाई मावलीतर्फकी हजुरआमाको जिम्मा लगाएको प्रहरीले जनाएको छ। बेवारिसे अवस्थामा भेटिएकी बालिका सर्मिला चौधरीको भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पुनर्वास नगरपालिका– २ अमरैया बस्ने रामपति चौधरीको जिम्मा बालिकालाई लगाइएको र सर्मिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ। बालिकाकी आमा सर्मिला सम्पर्कविहिन छिन् भने उनको बुबाको परिचय पनि खुलेको छैन्।