महिला स्वास्थ्य शिविरमा १ सय १४ जनाले लिए सेवा

महिला स्वास्थ्य शिविरमा १ सय १४ जनाले सेवा लिएका छन् । महाकाली नगरपालिका स्वस्थ्य शाखाको आयोजनामा महाकाली नगरपाकिा वडा नम्बर ९ को शहरी स्वास्थ्य इकाइ केन्द्र थाप्ला र शहरी स्वस्थ्य इकाई केन्द्र धैकोटमा १ सय १४ जनाले महिला स्वास्थ्य शिवर बाट सेवा लिएको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जय बहादुर फर्सवानले जानकारी दिए ।
नसर्ने रोगसम्बन्धी उच्च रक्तचाप, मधुमेह र महिलाको पाठेघरको क्यान्सरको जाँच गरिएको नगरपालिकाले जनाएको छ  सो निःशुल्क स्वास्थ्य शिविरबाट १ सय १४ जनाले  महिलाहरुको स्वास्थ्य जाँच गरिएको छ ।
महाकाली नगरपालिले आयोजना गरेको उक्त महिला स्वास्थ्य शिविरमा स्थन क्यान्सर आखा रोग फिस्टुला पाटेघरको मुखको क्यान्सर गरि जम्मा चार रोगहरुको परिक्षण गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत फर्सवानले जानकारी दिए । चैत महिना भित्र सकिने शिविरमा बाकि पौन्याखोला र बगाबगडमा पनि महिला स्वास्थ्य शिविर आयोजना हुने महाकाली नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार