मालिकार्जुन गाउँपालिका –८ पस्ती दुधेखोला घर भएका ५६ बर्षीय गोपाल पन्त बेपत्ता भएका छन् । उनको खोजी गरि दिन छोरा कपिल पन्तले आग्रह गरेका छन् ।
यही फागुन १९ गते घरबाट जोलजिवी जान्छु भनेर गएका पन्त सम्पर्कविहिन भएका हुन् । चारदिनदेखि बेपत्ता रहेका पन्तको परिवार र आफन्तजनले खोजीकार्य गरेका भएपनि फेला पार्न नसकिएको उनले बताए ।
बेपत्ता पन्तले घरबाट निस्किँदा सेतो रंगको टोपी, कालो रंगको लेदरको ज्याकेट, कालो रंगको पाइन्ट र रातो रंगको चप्पल लगाएका थिए ।
पन्तलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८६५९५९९७९ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
