दुहुँ गाउँपालिकाले एसइई दिने विद्यार्थीहरुको लागि पालिकास्तरीय प्रि एसइई टेस्ट परीक्षा सञ्चालन गरेको छ । आगामी चैत ७ गते देखि हुने एसइइ परीक्षाको पूर्व तयारी स्वरुप गाउँपालिकाले प्रि एसइइ टेस्ट सञ्चालन गरेको हो ।
दुहुँ गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको परीक्षामा पालिकाभरीका ७८ जना विद्यार्थीको सहभागिता रहेको छ । परीक्षा फागुन ३ गतेसम्म सञ्चालन हुने दुहुँ गाउँपालिका शिक्षा संयोजक लोकेन्द्र बमले जानकारी दिए ।
धारीपाटा मावि धारीमा परीक्षा केन्द्र तोकिएको छ । विद्यार्थीहरुमा रहेको डर, त्रास, संकोच हटाइ तिब्र उत्साह र अभिरुचिपूर्वक स्वतन्त्र ढंगले माध्यमिक शिक्षा परीक्षा एसइईमा विद्यार्थीले लेख्न सकुन भनेर प्रि एसइइ टेस्ट परीक्षा सञ्चालन गरिएको वमले बताए ।
हरेक दिन परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षा गरि नतिजा तयार गरिने छ । परीक्षाबाट प्राप्त नतिजाको सरोकारवाला पक्षहरुको बिचमा समीक्षा गरिनेछ । विद्यार्थीको नतीजाको आधारमा विद्यार्थीको कमजोरी पत्ता लगाएरु आगामी एसइइ परीक्षामा राम्रो नतीजा ल्याउने गरी तयारी गरिने उनको भनाई छ । विद्यार्थीको नतीजा हेरेर आगामी एक महिना विद्यालयमा विद्यार्थीको लागि सघन तयारी कक्षा हुनेछन् ।

दुहुँमा प्रि एसइई टेस्ट परीक्षा सञ्चालन

