पेरिस ओलम्पिक : नेपालका प्रिन्स तेस्रो खेलमा पनि पराजित

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा‌ पनि पराजित भएका छन् । उनी अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन कास्य विजेता मिसा जिल्बरम्यानसँग सोझो सेटमा पराजित भएका हुन् ।

मिसाले प्रिन्सलाई २२(१२ र २१(१० को सोझो सटेमा पराजित गरे । मिसाको यो चौथो ओलम्पिक हो । यसअघि उनले लन्डन, रियो र टोकियो ओलम्पिक्समा प्रतिस्पर्धा गरेका थिए ।३५ वर्षका मिसाले १७ पटक वल्ड च्याम्पियनशिप खेलिसकेका छन् । उनले सन २०१९ र २०२३ मा युरोपियन गेम्स र २०२२ को युरोपियन च्याम्पियनशीपमा‌ कास्य जितेका थिए।

युवा खेलाडी प्रीन्स नेपालबाट ओलम्पिक्समा सहभागी हुने पहिलो ब्याडमिन्टन खेलाडी हुन् । प्रिन्स पहिलो खेलमा डेनमार्कका विश्व नम्बर दुई खेलाडी भिक्टर एक्सेल्सनसँग र दोस्रो खेलमा आयरल्यान्डका न्यात नुयानसँग सोझो सटेमा पराजित भएका थिए । तेस्रो खेल अगाडि नै प्रीन्स समुह चरणबाट बाहिरिसकेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार