काठमाण्डौमा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन हुने

काठमाण्डौ – ब्लड डोनर्स एसाेसिएसन नेपाल (ब्लोदान) को आयोजनामा काठमाण्डौमा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन हुने भएको छ । यही फागुन २६ र २७ गते अन्तर्राष्ट्रिय रक्त सम्मेलन हुन लागेको ब्लोदानले जनाएको छ । सम्मेलनको मुख्य नारा ‘स्वयमसेवी रक्तदाता अभिवृद्धि गरौँ’ भन्ने रहेको छ ।

नेपालको स्वयमसेवी रक्तदान र रक्तदान कार्यक्रमहरु तथा रक्तसञ्चार सेवाबारे अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउनु सम्मेलनको मुख्य उद्देश्य रहेको ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले बताउनुभयो । सम्मेलनमा विश्वको स्वयमसेवी रक्तसञ्चार सेवामा भएका विकासक्रमबारे पनि छलफल हुने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार