काठमाण्डौ – मिटरब्याजपीडित र सरकारबीच हिजो भएको वार्ता निष्कर्षविहीन भएको छ । अर्को वार्ता कहिले हुन्छ भन्ने पनि टुङ्गो लाग्न सकेको छैन ।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई पहिचान गरेको भए पनि समस्या समाधान गर्ने विषयमा गम्भीर हुन नसकेको बताउनु भयो ।
सरकारले समय तोकेर मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेको, तर आफूहरु माग छिटो सम्बोधन हुनुपर्ने पक्षमा रहेको उहाँको भनाइ छ ।
मिटरब्याजपीडितहरुले फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन् । सरकारले छलफल गरेर आफूहरुको समस्या समाधान गर्ने छ भन्नेमा सकारात्मक रहेको कुसवाहले बताउनुुभयो ।