माघे सङ्क्रान्तिका लागि तरुल किन्नेको भिड, तरुलको भाउ सस्तियो

काठमाण्डौ । भोलिको माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेको भिड लागेको छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ ।

बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलको माग बढेको समितिले जनाएको छ।

समितिका अनुसार काठमाण्डौ उपत्यकामा मुख्यगरी सर्लाही, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटबाट तरुल भित्रिने गरेको छ ।

आज तरूलको भाउ किलोमा १० रूपैयाँले घटेको समितिले जनाएको छ । आज तरूलको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ रहेको छ। हिजो तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो थियो ।

आज पिँडालु र सखरखण्डको भाउ किलोको ७० देखि ८० रूपैयाँ तोकिएको छ । माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकुलगायत खाने चलन छ ।

सम्बन्धित समाचार

ताजा समाचार