घर जल्दा शिशुको मृत्यु

दार्चुला जिल्लाको नौगाड गाउँपालिका–३ हापरीनजिकै एक घरमा आगलागी हुँदा चार महिने शिशुको मृत्यु भएको छ । बुधबार साँझ साढे ७ बजेतिर स्थानीय रणवीर टमटाको घरमा आगलागी हुँदा उनका ४ महिनाका छोरा विजय प्रकाशको ज्यान गएको गोविन्दसिह ठगुन्नाले जानकारी दिए ।
विद्युत सर्ट भएर घरमा आगो लाग्दा टमटाको दुई तले ६ कोठे घर जलेर नष्ट प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए । आगलागीबाट घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै जलेर नष्ट भएको छ । भने परिवारको विचल्ली परेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार