१७ औँ संस्करणको ‘सुदूरपश्चिम महोत्सव’ मङ्सिर २२ गतेदेखि

धनगढी । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको तयारी सुरु गरेको छ। मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा हुनेउक्त १७ औँ संस्करण महोत्सवको तयारी शुरु भएको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवको तयारीका लागि अध्यक्ष पुष्पराज कुँवरको संयोजकत्वमा ३० वटा उपसमिति बनाइएको छ ।व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।

उद्योग वाणिज्य संघले दुई करोडको लगानीमा आयोजना हुने महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर चार सय स्टल रहने वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।

स्थानीय उत्पादन र उद्यमशिलतालाई प्राथमिकता दियइएको महोत्सव करीब पाँच लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको बताउँदै महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार