नेपाललाई भारतीयहरुको ‘वेडिङ डेस्टिनेसन’ बनाउन तात्यो पर्यटन बोर्ड

काठमाडौं। अथक सम्भावना भएको ‘वेडिङ डेस्टिनेसन’ नेपाललाई बनाउन नेपाल पर्यटन बोर्ड लागि परेको छ। ठूलो जनसंख्या रहेको छिमेकी मुलुक भारतका नागरिकहरुले गर्ने विवाहको गन्तव्य नेपालमा पार्नका लागि बोर्डले त्यहाँका वेडिङ प्लानरहरुलाई नेपाल बोलाएको छ।

नेपाल बोर्डका प्रमुख कार्यकारी अधिकृत९सिईओ० डा। धनन्जय रेग्मीका अनुसार नेपालका पाँचतारे र चारतारे सबै होटलमा वेडिङ गराउन सकिन्छ। नेपालमा तारे होटलमा विवाहपछि पार्टी दिने प्रचलन छ।

तर, भारतमा विवाह नै विदेशमा गएर गर्ने गरिन्छ। थाइल्याण्डमा मात्रै एक हजार बढी ठूला विवाह हुने गरेको र नेपालमा पनि एक सयहाराहारी हुने गरेको छ। यस्ता विवाहमा मध्यम परिवारले एक देखि १० करोड रुपैयाँ खर्च गर्ने गरेका छन्। भारतमा पछिल्लो समय विदेशमा गएर विवाह गर्ने करिब २० प्रतिशतले बढेको बताइएको छ।

खुला सीमाना रहेकोले गाडीबाट सहजै रुपमा नेपाल आउन सक्ने भएकोले पनि भारतीयहरुको रोजाइ नेपालमा पर्न थालेको छ। विवाह नेपालमा गराउन सकिने सम्भावना अथक रहेको बोर्डका सिईओ रेग्मीको भनाई छ।

हुन त अहिले पनि भारतीयहरुले नेपालमा आएर विवाह गर्ने गरेका छन्। भारतीयहरुले खासगरी ‘बि’ र ‘सि’ ग्रेडका विवाहहरु नेपालमा गर्दै आएका छन्। भारतीयहरुले विवाहका लागि करोडौं रुपैयाँ खर्च गर्दै आएका छन्।

बोर्डले नेपालमा विवाह गराउनका लागि सरकारको तर्फबाट के के सुविधा दिनुपर्छ र यहाँको होटल तथा रिसोर्टहरुको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी दिने उद्धेश्यले पहिलो पटक ‘इन्डो नेपाल वेडिङ समिट–२०२३’ आयोजना गरेको छ।

दुई दिने सम्मेलनमा छिमेकी मुलुक भारतका २५ भन्दा बढी ‘वेडिङ अर्गनाइजेसन’कम्पनीहरुको सहभागिता छ। भारतका चर्चित कलाकार अमिताभ बच्चन, ऐश्वर्या राय तथा चर्चित व्यवसायी मुकेश अम्बानीको विवाह गराउने कम्पनीका प्रतिनिधिहरु नेपाल आएका छन्।

सम्मेलनका पहिलो दिन शुक्रबार ‘बिजनेस टु बिजनेस’९बिटुबी० कार्यक्रम हुनेछ। जहाँ नेपाल र भारतका सरोकारवालाहरुबीच व्यवसायिक प्रवद्र्धनका कार्यक्रम हुने र दोस्रो दिन विभिन्न व्यवसायिक शत्रहरु सञ्चालन हुने बोर्डले जनाएको छ।

‘धेरैभन्दा धेरै भारतीयलाई नेपालमा विवाह गर्न कसरी आकर्षित गर्ने, कपडा र गरगहना सहज रुपमा ल्याउने वातावरण बनाउन नीतिगत सुधारका लागि सरोकारवाला निकायसँग बहस गर्ने उद्देश्यले सम्मेलन गरिएको हो‘, उनले भने।

भारतीयले विवाहमा सुन र साडीलगायतका कपडा बढी प्रयोग गर्ने भएकाले उनीहरुलाई सामान सहज रुपमा ल्याएर वैवाहिक कार्यक्रम गर्ने अवस्था बनाउनसँगै नेपालमा पर्यटनको माध्यमबाट अर्थतन्त्रलाई समेट टेवा पुग्ने डा। रेग्मीको विश्वास छ।

विवाह कार्यक्रममा धेरै भारतीय नागरिक आउने र उनीहरुको गन्तव्य भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए।

भारतको चर्चित इभेन्ट म्यानेजमेन्ट कम्पनी ‘इइमा’ अध्यक्ष समिट गार्जले नेपाल र भारतबीचको सांस्कृतिक, रहनसहन पनि मिल्दोजुल्दो भएकाले नेपालमा वेडिङ महोत्सवको प्रचुर सम्भावना रहेकाले पहिलो पटक नेपाल गन्तव्यलाई रोजिएको बताए। दुई देशबीचको सम्बन्धलाई थप मजबुत तुल्याउने र व्यवसायिक लाभ हासिल गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त उनले गरे।

बिटुबी कार्यक्रममा पुष्प व्यवसायी, कपडा व्यवसायी, इभेन्ट म्यानेजमेन्ट कम्पनी, ‘मेहन्दी र मेकप’ सम्बन्धी व्यवसायीलगायतलाई भारतका वेडिङ कम्पनीसँग छलफल गराई व्यावसायिक साझेदारिको अवसर प्रदान गर्न पनि कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ।

सम्मेलनमा नेपालका पाँचतारे र चारतारे होटल तथा लक्जरी रिसोर्टको सहभागीता रहेको छ। त्यस्तै पर्यटन विभाग, अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख र प्रतिनिधिको पनि कार्यक्रममा सहभागी हुनेछन्।

सम्बन्धित समाचार

ताजा समाचार