जसपाका अध्यक्ष यादव गए अमेरिका , फर्केर नआउँदा सम्म कार्यवाहक अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । उपेन्द्र यादव अमेरिका तर्फ प्रस्थान गरेका छ्न । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष समेत रहेका यादव किन अमेरिका तर्फ गएको हो भन्ने जिज्ञासा् बढेको छ । गौर घटना उठे सङै उपेन्द्र कहिले भारत तर्फ कहिले अमेरिका तर्फ दौड धुप गरेका छ्न । जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव श्रेष्ठलाई जिम्मेवारी सुम्पिएर एन्टाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन आज बिहान अमेरिका प्रस्थान गरेका हुन् । उनि उता कार्यक्रम बाहेक राजनीतिक भेट्घाट बारेमा संचार माध्यमलाई कुनै जानकारी नगराएको हो।

अध्यक्ष यादव फर्किएर नआउन्जेल सम्मको लागि अध्यक्षले गर्ने कार्य गर्ने गरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । यादवको अमेरिका बाट फर्किने मिति किन फाइनल नभएको कुराको प्रश्न उठना थालेको छ । मधेस प्रदेशमा जनमत सङ मिलेर सरकार चलाएका उपेन्द्र अहिले अमेरिका तिर लागेका हुन ।जनमत पार्टीका संस्थापक डाक्टर सिके राउत पनि अमेरिका भ्रमण गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार