कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि दार्चुलामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । यही असोज ९ र १० गते सञ्चालन हुने कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि ४ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनु भएको छ । दार्चुलाबाट कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा झण्डै १ हजार ५ सय जनाले परीक्षामा सहभागी हुने बताइएको छ ।
कार्यालय प्रमुख पन्तका अनुसार जिल्लाको गोकुलेश्वर मावि गोकुलेश्वरमा “क” र “ख ”तथा जिल्ला सदरमुकाम क्षेत्रमा रहेको महेन्द्र नमुना मावि परीक्षा केन्द्रमा “क” र “ख ”परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले बताउनु भयो । महेन्द्र नमुना माविको परीक्षा केन्द्र “क” मा महेन्द्र नमुना मावि,राष्ट्रिय मावि दत्तु, हुस्कर मावि काटै लटिनाथ मावि खार तथा सम्पाल मावि सुन्सेरा गरी पाच वटा विद्यालयका परीक्षार्थीहरुले परीक्षा दिन पाउने भएका छन ।
यस्तै महेन्द्र नमुना माविकै “ख ”केन्द्रमा ,राष्ट्रिय मावि ठिङ,गौरीलमाण्डौ मावि हिकिला,सरस्वती मावि उकु, कष्ण मावि डाडाकोट,मालिकार्जुन मावि धाप जनविकास मावि बारबाज,कृष्ण मावि लाली हिमालय मावि हुती तथा शंकरपुर मावि पस्तीगरी जम्मा ९ वटा विद्यालयका परीक्षार्थीहरुले परीक्षा दिन पाउने छन ।
त्यस्तै जिल्लाको गोकुलेश्वर मावि गोकुलेश्वरको “क” केन्द्रबाट गोकुलेश्वर मावि गोकुले,लटिनाथ मावि रस्कोट,लटिनाथ मावि चन्दनपुर चौपता, हुनैनाथ मावि रातामाटा,हुनैनाथ मावि कुणी,गणेश विनायक मावि सिप्टी,मालिकार्जुनमावि मड, तथा जनहित मावि धुलिगडा गरी जम्मा ८ वटा विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन पाउने बताइएको छ ।
यस्तै उक्त विद्यालयकै “ख ”परीक्षा केन्द्रबाट दुर्गोश्वरी मावि घोल्जर,तपोवन मावि पडपडा, मालिकार्जुन मावि आगर,मालिकार्जुन मावि काडापारी मालिकार्जुन मावि सिमली खण्डेश्वरी मावि क्षेत्ती,कृष्ण मावि बलाच, सत्यप्रकाश मावि देथला, तथा गलौनाथ मावि झरकडागरी ९ वटा विद्यालयका विद्यार्थीहरुले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ । ग्रेड बृद्धि परीक्षाका लागि तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।