काठमाण्डौ । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।
शनिवार आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले अमेरिकाको आर्थिक सहयोग परियोजना ९एमसीसी० र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’९बीआरआई० बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनु भएको हो ।
उहाँले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी देशबाट हुने फाइदा कसरी धेरै लिने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । उहाँले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि नागरिकलाई बुझाएर राष्ट्र र नागरिकको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले भौगोलिक विकटका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताउनु भयो । उहाँले नेपालले बाह्य ऋणबाट मुक्त गर्नुपर्ने बताउनु भयो ।
सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताउनु भएको छ ।