दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइने सुर्मा भवानीको सुर्मासरोवर जात्रा शुरु भएको छ । स्थानीय भाषामा क्षत्ति जात्रा भनेर चिनिने जात्रा हिजो बाट रतेडीबाट सुरू भएको हो । सुर्मासरोवर जात्रा औँसीदेखि १७ दिन र रतेडिदेखि सातदिन सम्म मनाइने गरिन्छ ।
यो जात्रा अपि हिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर क्षत्ति हुँदै बझाङ जिल्लाको सुर्मासरोवर सम्म गएर मनाइने गरिएको छ । सुर्मासरोवर बझाङ जिल्ला र दार्चुला जिल्लाको सिमानामा पर्दछ । हिमश्रृंखलाहरूको विचमा अवस्थित यो सरोवर धार्मिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिमा अत्यन्त महत्वपूर्ण छ । सुर्मा जात्राको सुरुवात कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभएपनि सुर्माभवानीको चैतमा उल्लेख भए अनुसार एघारौ सताब्दी अघिबाट यो जात्रा मनाउन थालिएको बताइन्छ ।
अपि हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार सुर्मा भवानीदेवी जात्राको पहिलो दिन रतेडीमा आज विरे हरुले लाकुरी लौरी विधिवत रुपमा पाएका छन । यस पालिको लाकुरी लौरी भुमिराजको भुमि कसौती पारीबाट ल्याईएको हो । यो लौरी काट्ने अथवा ल्याउने प्रथा अनुसार एक बर्ष भुमिराज देवताको धर्तीबाट र अर्को बर्ष महादेव देवताको धर्तीबाट ल्याउने परम्परा रहेको उहाँले बताउनुभयो ।
जात्रामा अपि हिमाल गाउँपालिकाको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले सुर्मा सरोवरमा पहिले पूजा आजा गरेर फर्किएपछि बझाङ तिरबाट आउने सिकारीको भेषधारी तीर्थालुहरूले पूजा गर्नेु पने किम्बदन्ती छ । सुर्मासरोवर ६५२३ मीटर उचाईमा रहेको छ ।
क्षेत्तीगर्खा पुख्र्यौली हुने समुदाय र घाजिर गर्खा पुख्र्यौली हुने समुदायहरूको तीर्थालुहरूले औंशी देखिनै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नु पर्दछ । यो ब्रत अन्य समुदायको जो सुर्मासरोवर तीर्थ जान चाहन्छन्, तिनीहरूले पनि वस्न सक्छन् । ती ब्रत बसेका सुर्माभवानीको भक्तहरूलाई वीरे भनिन्छ । सुर्मा सरोवर जाने बिरेहरू पनि दुई प्रकारका हुन्छन् । पहिलो चोटी ब्रत बसेर तीर्थ जाने भक्तजनहरूलाई वालोवीरे एकपटक गइसकेकाहरूलाई बुढोवीरे भन्ने गरिन्छ । साथै यस जात्रामा सहभागी यात्रुहरूलाई ४ भागमा विभाजन गर्न सकिन्छ । यस जात्रामा सहभागि हुने भक्तजनहरुलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी वा तिर्थालु भनेर भन्ने गरिएको छ ।
जात्रामा सहभागी क्षेत्तीगर्खा पुख्र्यौली घर भएका, ठेकरे, बोहरा धामी, वैरे समुदायका भक्तहरूलाई उवादेशी, घाजीरगर्खाका यात्रुहरूलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरी भित्रका यात्रुहरूलाई वाईदेशी भनिन्छ । जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु, रक्सी, जस्ता भोजन खान भने पाइदैन । सम्पूर्ण यात्रुहरूको खाने बस्ने व्यवस्था क्षेत्ती र घाजिरका स्थानीय वासिन्दाहरूले गर्ने गरेका छन् । यहाँ क्षेत्ती र घाजिर भन्ने गाउँ सुर्माभवानीको जात्राको प्रमुख तीर्थस्थल हो । हरेक वर्ष जात्रा लागेपनि सानो जात्रा र ठूलो जात्राको रुपमा मनाइने गरिएको छ ।
पर्यटकीय धार्मिक एवं सांस्कृतिक रुपका विविधताहरु जात्रामा देख्न सकिन्छ । जात्रा अवधिभर क्षेत्तिले संस्कृतिको पहिरन, नृत्य, देउडा, बाजागाजा यो जात्रामा देख्न पाइन्छ । यस्तै धार्मिक रुपमा मार्कण्डेय गुफा, धर्मिगुफा, सुर्मा मन्दिर, ताल घोप्टे, नाग ढुंगा, हिउँ नजम्ने ढुंगा, जस्ता हेर्न लायकका ठाउँहरू रहेको स्थानीय संस्कृतिका जानकारहरू बताउछन् ।
जात्राको पहिलो दिन उवादेशी यात्रीहरू क्षेत्तीमा जम्मा हुन्छन् भने उनादेशी, जत्तोर र बाइदेशीहरू घाजिरमा पुग्ने गर्छन । राती सुर्माभवानीको मन्दिरमा जम्मा भएर सबै देवीदेवताहरूको पूजाआजा गरि धामीहरू काम्ने र रमाइलो गर्ने स्थानीय भाषामा देउधमेउलो गर्ने गरिन्छ । देउधमेउलो सकिएपछि देवी सुर्माभवानीको चैत गाउने चलन छ । त्यसपछि भाडिखेल लगाउने गरिन्छ । साथै विभिन्न भाडिखेल ढुस्को, जगरम गाउने खेल्ने गरिन्छ र विहान भोल्लाउलो गाउने गरिन्छ र वेन्नेली ९बिहान० को देउधमेउलो गरि पहिलो दिनको जात्रा मनाइन्छ ।
वालोवीरे र बुढोवीरे सबैले सुर्मासरोवर जाँदा वीरेलौरो बोक्नुपर्दछ । यो लौरो बुढोवीरे र वालोवीरेको भिन्न भिन्न हुन्छ । उवादेशी तथा उनादेशीले ६ फिट लामो निङ्गालाको लौरा बोक्नु पर्छ र वाइदेशी ४।५ फिटको लौरो बोक्नु पर्दछ । जात्रालाई व्यवस्थित ढङ्गले संचालन गर्न एक जना मुला अथवा जात्राको मूली हुन्छ । त्यसको लौरो ७।५ फिटको हुन्छ । यो लौरालाई लाकुरी लौरो अथवा वीरेलौरो भनिन्छ । यसवर्ष पनि जात्राको लाखौ सयौ भक्तजनहरुको भीड लागेको छ ।
जात्रामा पालिका भित्रका मात्रै नभइ जिल्ला बाहिरका मानिस समेत सहभागी रहेका छन् ।