आर्थिक गणना आजदेखि

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । ‘अर्थतन्त्र मापनमा लागि आर्थिक गणना’ भन्ने मुल नाराका साथ गणना सुरु भएको हो ।
असार ७ गतेसम्म हुने राष्ट्रिय आर्थिक गणनाको स्थलगत तथ्यांक संकलन गर्न दार्चुला जिल्लाका १८ जना गणक र ३ जना सुपरीवेक्षक खटिएको आर्थिक गणना कार्यालयले जनाएको छ ।
गणनाको क्रममा सबै होटल, व्यवसाय, प्रतिष्ठान, वित्तीय संस्था लगायत आर्थिक कारोबार गर्ने सबै निकायहरुको गणना हुनेछ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।
यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार