भ्रष्टाचार नियन्त्रणका लागि ब्लकचेन टेक्नोलोजीको अध्ययन आवश्यक’ प्रधानमन्त्री प्रचण्ड

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि ब्लकचेन टेक्नोलोजीको प्रयोगबारे अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। आइतबार १७औँ राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ब्लकचेक टेक्नोलोजीको विषय उल्लेख गरेका हुन्। राज्यमा भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र नभई दिने संस्कारको विकास गर्न पनि आवश्यक रहेको औँल्याए। ‘विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको पनि हामीले अध्ययन गर्न आवश्यक छ। अब सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन पनि कानुनी व्यवस्था गर्न जरुरी छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले देश संघीय गणतन्त्रमय भए पनि समयानुकूल पुराना कानुनहरू संशोधन नहुँदा त्यसको प्रत्यक्ष असर सरकारको कामकारबाहीमा परेको उल्लेख गरे।

सम्बन्धित समाचार

ताजा समाचार