जसपाका प्रभावशाली नेता प्रदीप यादवको चरित्र हत्या गर्ने गिरोह सक्रिय, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ । जसपा संसदीय दलका प्रमुख सचेतक एवं प्रभावशाली नेता प्रदीप यादवको चरित्र हत्या गर्न गिरोह परिचालन भएको पाइएको छ ।

मधेशी जनताको हक अधिकारका लागि सडकदेखि सदनसम्म आवाज उठाएर राष्ट्रिय राजनीतिमा प्रभाव बढाउँदै लगेका यादवको चरित्र हत्या गरेर जनमानसमा नकारात्मक धारणा बनाउन गिरोह सक्रिय भएपछि प्रहरीले एक्सन लिएको छ ।

सांसद यादवलाई टिकटकमार्फत गालीगलौच गरेको भन्दै उनका स्वकीय सचिव निखिल वर्णवाको उजुरीका आधारमा प्रहरीले दोषीविरुद्ध विद्युतीय अपराधसम्बन्धी मुद्दामा कारवाही प्रक्रिया अगाडि बढाएको हो । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा भएका व्यक्तिले अश्लील गालीगलौच गरेर चरित्र हत्या गरेकाले हदैसम्मको कारबाहीको माग गरिएको छ ।

अश्लील गालीगलौच गरी ३स्५४ सेकेन्डको भिडियो बनाई सामाजिक सञ्जालमा राखिएको र सांसद यादवको चरित्र हत्या हुनुको साथै समाजमा उनको मान प्रतिष्ठामासमेत आँच पुगेको उजुरीमा उल्लेख छ । मधेस प्रदेश जिल्ला पर्सा क्षेत्र नम्बर १ का निर्वाचित सांसद प्रदीप यादव वन मन्त्री समेत भइसकेको र जनताको आवाज सडकदेखि सदनसम्म राख्दै आएको उल्लेख गर्दै चरित्र हत्या गर्न खोज्नेहरुलाई पक्राउ गरी भिडियो डिलिट गराई कानुनी कारबाही गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार