चीनको विआरआई परियोजना अन्तर्गत २२ अर्ब रुपैयाँ ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको करिव ६ महिना ठप्प भयो। गत जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा अहिले पनि अन्तर्राष्ट्रिय उडानको निश्चितता छैन।
चीनयाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको र पटक–पटक विआरआई परियोजना अन्तर्गत निर्माण भएको भन्दै प्रचार गरिएका कारण यो विमानस्थलमा भारतले खासै चासो दिएन। नयाँ दिल्ली लगायतका भारतका सहरहरूमा उडान गर्न सकिए पोखरामा भारतीय पर्यटकहरूलाई पनि आकर्षित गर्न सकिने नेपालको प्रयास असफल भयो।
निजी क्षेत्रको एउटा नेपाली वायुसेवा बुद्ध एअरले भारतबाट सोझै पोखरा उडान गर्ने प्रयास अघि बढाए पनि त्यसका लागि उसले अनुमति नै पाएन। अन्तर्राष्ट्रिय उडानका लागि गरिएको आग्रह भारतले स्विकार नगरेपछि अन्य देशबाट समेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। अझै कहिलेसम्म यो अवस्था रहने भन्ने पनि टुंगो छैन। त्यसैले विमानस्थल निर्माणको औचित्यमाथि नै प्रश्न उठेको छ।
अरबौं रुपैयाँ ऋणमा डुबेर बनाएको विमानस्थलका विषयमा प्रश्न उठ्न थालेपछि सत्ताले जनतालाई बेवकुफ बनाउन नयाँ नाटक मञ्चन गरेको छ। चीनसँगै अनुरोध गरेर बुधबार बिहान चीनको छेन्दुक सहरबाट सिचुवान एयरलाइन्सको एउटा एयरबस अवतरण गराईएको छ।