दार्चुलामा मानव बेचबिखनविरुद्ध जनचेतनामूलक र्‍याली

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

‘प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।

दिवसको अवसरमा जिल्ला सदरमुकाम खलंगामा जनचेतनामूलक र्‍याली आयोजना गरिएको थियो। र्‍यालीमा प्रहरी टोली, स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो।

मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको र्‍यालीमा ‘मानव बेचबिखनको अन्त्य गरौँ, मानवको रक्षा गरौँ’, ‘लोभलालचमा नपरौँ’, ‘ओसारपसार रोकौँ’ र ‘सुनौलो भविष्यको आधार, मानव बेचबिखनबाट छुटकारा’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार