दार्चुला । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दार्चुलाले रसुवाका बाढीपीडितको राहत तथा उद्धारका लागि ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

सहकारी संस्थाले विपद्बाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयाेग रकम जम्मा गरेकाे हाे ।

भदौ १० गते आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीले आर्थिक सहयोग गरेको सहकारीले जनाएको छ ।












